काठमाडौं : जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा नेपालमा पश्चिमी वायु, स्थानीय वायु,भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म रहेको निम्न चापिय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ।
आइतबार दिउँसो र राति देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुर सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
Discussion about this post