इटहरी : कोशी प्रदेशका मुख्य न्यायधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा मुख्य न्याधिवक्ता कोइरालालाई पदमुक्त गरेका हुन् ।
आइतबार प्रदेश प्रमुखको कार्यालय विराटनगरका सूचना अधिकारी राम कुमार श्रेष्ठले विज्ञप्ति मार्फत मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (ख) बमोजिम वैशाख ३० गते मुख्य न्यायधिवक्ता पदबाट मुक्त गरिएको जानकारी दिएका हुन् ।
Discussion about this post