ताप्लेजुङ : प्रतिबन्धित लागु औषध खैरो हेरोईन सहित ताप्लेजुङबाट दुई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ घर भएका ३१ वर्षीय सुवासचन्द्र दाहाल र सोही वडा बस्ने २५ वर्षीय योगेश भारती रहेका छन् ।
खैरो हेरोईन जस्तो देखिने ४० मिलिग्राम ९४ ग्राम० पदार्थ सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङगेलीले जानकारी दिए ।
उनका अनुसार मेवाखा प्रहरी चेकपोस्टबाट नियन्त्रणबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
प्र १–०३–००१ प ३२६१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त परिमाणको लागु औषध खैरो हेरोईन फेला परेको हो ।
Discussion about this post