इटहरी : सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।
हिजो साढे २ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले प्र १.०२.०५३ प ७६१७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलमा सवार इटहरी ५ का २५ बर्षीय संजिब रिजालले मुखमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १ ग्राम ५ मिलिग्राम ब्राउनसुगर बरामद गरेसगै चालक २६ बर्षीय संजिब प्रधानलाई समेत नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post