इलाम / नेपाल भारत सीमा क्षेत्रबाट अवैध सामग्री नियन्त्रणमा लिइएको छ । इलाम सूर्योदय नगरपालिका वडा नम्बर दुई स्थित दुई माइल सीमा इलाकाबाट नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको बोलेरो पिकअप सहित सामान नियन्त्रणमा लिइएको हो ।
सवारी सहित १३ लाख माथिका सामाग्री नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले सो सामान नियन्त्रणमा लिएको हो ।
प्रदेश नम्बर एक -०३-००१ ज ००१९ नम्बरको पिकअपबाट सामान लैजाँदै गर्दा बरामद गरिएको हो । प्रहरीलाई देखेपछि गाडी र सामान छोडेर चालक फरार भएको भनिएको छ ।
बक्खु कपडा, चिप्लो बक्खु, हाल्फ ज्याकेट, जेन्स र लेडिज चप्पल, अन्य ज्याकेट, ट्राउजर, गहुँ, मकैको च्याँख्ला गरेर छ लाख १८ हजार तीन सयको सामाग्री नियन्त्रणमा लिइएको जनाइएको छ । त्यस्तै सवारीको मूल्य सात लाख कायम गरेर १३ लाख १८ हजार तीन सयको सामाग्री बरामद भएको जनाइएको छ ।
नियन्त्रणमा लिइएको सामान सहितको पिक अप गाडी सशस्त्र प्रहरीको गुल्ममा राखिएको छ ।
Discussion about this post