सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकास शर्माले राष्ट्रपति पदमा काङ्ग्रेसकै नेतृत्व हुने दावी गरेका छन् । आईतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शितलनिवासमा काङ्ग्रेसकै नेतृत्व देखिने बताएका हुन् ।
निर्वाचनका समयमा रहेको गठबन्धन बमोजिमकै दलहरुबीच राष्ट्रपति निर्वाचनमा पनि तालमेल हुने उनले दाबी गरे । पुस १० गतेपछि निर्बाचन बेलाकै गठबन्धन व्युँतिने संकेत गर्दै महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पदमा काङ्ग्रेस नै अग्रसर हुनु स्वभाविक रहेको बताए ।
गठबन्धन व्युँताउन आवश्यक परेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै पाँच वर्ष पूर्ण कार्यकाल कायम राख्ने गरी भएपनि काङ्ग्रेसले सहमति जनाउन सक्ने बताए । उनले काङ्ग्रेसबाट राष्ट्रपति उम्मेदवारीका रुपमा सभापति शेरबहादुर देउवा सहित रामचन्द्र पौडेल, कृष्ण श्रेष्ठ, गोपाल मान र मन बहादुर विश्वकर्मा सहितको चर्चा भैरहेको बताए ।
Discussion about this post