इटहरी । सुनसरीको इटहरीमा नेपाल युवा उद्यमी मञ्चको आयोजनामा स्वास्थ्यको लागि खेलकुद,खेलकुदको लागि स्वास्थ्य भन्ने मुल नाराका साथ शुरु भएको कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि आयोजक नेपाल युवा उद्यमी मञ्चले जितेको छ । सनराइज बैंक उपविजेता बन्न सफल भएको छ ।
शनिबार बिहान एक कार्यक्रमका बिच इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले खुट्टाले उद्घाटन गरेर सुरु भएको प्रतियोगितामा १४ वटा टिम सहभागि भएका थिए । शनिबार र आईतबार गरी २ दिन भएको प्रतियोगितामा आयोजक टिम नै उपाधि जित्न सफल भएकोआयोजक समितिका अध्यक्ष सन्तोष आचार्यले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुदै नेपाल युवा उद्यमी मञ्चले नगद १ लाख रुपैया प्राप्त गरेको छ भने दोस्रो स्थान हासिल गर्दै सनराइज बैंक इटहरीले ४० हजार नगद प्राप्त गरेका छन् ।
साथै,प्रतियोगितामा सबै भन्दा धेरै गोल गर्ने खेलाडी सनराइज बैंकका सन्जीभ कुमार नेपाल बने भने सर्बोत्कृष्ट गोलकिपर सनराइज बैंककै सागर कार्की घोषित भए ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडी भने आयोजक संस्थाका प्रज्वल बस्नेत बने । सर्बोत्कृष्ट घोषणा भएका तिनै जना खेलाडीले ८ हजारका दरले पुरस्कार प्राप्त गरेका छन्।
बिजेता तथा उपबिजेताहरुलाई इटहरी उपमहानगरपालिका वडा १ का वडाध्यक्ष कैलाश कार्की, वडा ५ का वडाध्यक्ष भिष्म घिमिरे, वडा ९ का वडाध्यक्ष जितेन थापा तथा सपोर्ट माइक्रो फाइनान्स इटहरीका अध्यक्ष प्रदिप अधिकारीले संयुक्तरुपमा मेडल,ट्रफी सहित नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
Discussion about this post