इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहरामा रहेको किड्स ह्याप्पी होमले अभिभावक दिवस सम्पन्न गरेको छ । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यालयका बालबालिकाहरुले बिभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले मानिसको भविष्य कस्तो बनाउने भन्ने योजना बालबालिका रहदै अभिभावक तथा बिद्यालयका शिक्षक शिक्षिकाहरुको हातमा हुने उल्लेख गरिन् । बालबालिका देशको कर्णधार रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले जग बलियो भएमात्र बालबालिकाहरुको भविष्य उज्वल बन्दै जाने बताइन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले बालबालिकामा रहेको अतिरिक्त क्रियाकलापहरुलाइ माझ्दै प्रतिभाको विकास गराउनमा बिध्यालयको अहम भुमिका रहने बताए । यता इटहरी उपमहानगरपालिका वडा २० का वडाध्यक्ष समेत रहेका संस्थाका अध्यक्ष मणिराम श्रेष्ठले बिद्यालयलाइ जिम्मेवारीबोध गराउन अभिभावकको भुमिका महत्वपूर्ण रहने उल्लेख गरे ।
२०६८ सालमा ८ जना बिद्यार्थि लिएर स्थापना भएको किड्स ह्याप्पी होममा हाल भने २ सय २० भन्दा धेरै बिध्यार्थीहरु अध्ययनरत रहेका छन् । अभिभावक दिवसकै अवसर परेर कक्षा ५ मा अध्ययनरत बिद्यार्थिहरु बिदाइ समेत गरिएको प्रधानध्यापक रीता भुषालले जानकारी दिइन् ।
Discussion about this post