इटहरी । प्रथम “अच्युत नेपाल” स्मृति फुटबल प्रतियोगिताको उपाधि महेन्द्र बहुमुखी क्याम्पसले उचालेको छ । आज (सोमवार) इटहरी स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानममा भएको खेलमा धरानकै पुर्वाञ्चल इन्जिनियरिङ क्याम्यसलाई २-० गोल अन्तरले जित निकालेको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) जनता बहुमुखी क्याम्पसको आयोजनामा भएको खेलमा महेन्द्र क्याम्पसले उपाधि उचालेसगैं नगद २० हजार र प्रमाणपत्र हात पारेको छ । दोश्रो स्थानमा चित्त बुझाएको पुर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पसले नगद १५ हजार सहित प्रमाणपत्र हात पारेको छ ।
खेलको म्यान अफ दी म्याच महेन्द्र बहुमुखी क्याम्पस सरोज लकान्द्री घोषित भए । साथै ब्यक्तिगत बिधातर्फका उत्कृष्ट खेलाडीहरु गोलकिप्पर तर्फ महेन्द्र बहुमुखी क्याम्पस का सुमन सुब्बा, उत्कृष्ट डिफेन्स सोही क्याम्पसका सौगात गुरुङ्ग, उत्कृष्ट मिड्फिल्डर पुर्वान्चल इन्जिनियरिङ्ग क्याम्पसका रोजन राई भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जनता क्याम्पसका नेता रिजेन भट्टराईले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट स्ट्राइकर र सर्बाधिक गोलकर्ता महेन्द्र बहुमुखी क्याम्पसका सरोज लकान्द्री भए । उनले खेल अबधिभर ९ गोल गरे ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडी महेन्द्र बहुमुखी क्याम्पसका सुशान्त राई घोषित भएका छन् । फागुन २ गतेबाट जारी खेल आज सम्पन्न भएको हो ।
Discussion about this post