इलाम / दमक-रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुलीमा रतुवा खोलाले बोलेरो जिप बगाउँदा ज्यान गुमाउने दुईको पहिचान खुलेको छ । एक महिला र एक बालकको ज्यान गएको थियो
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ज्यान गुमाउनेमा इलामको माङसेवुङ-५ कि शर्मिला फागो र माङसेवुङ(३ की निरु लिम्बूका छोरा वर्ष तीनका नियन नेम्वाङ रहेका छन् ।
घाइते भएकी निरुको उद्धार गरी उपचारार्थ दमकको लाइफलाईन अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी (डिएसपी) प्रकाश जवेगूले बताए ।
झापाको दमक देखि इलामको लारुम्बाका लागि छुटेको लु १ ९४९१ नम्बरको बोलेरो सोमबार साँझ करिब छ बजे चुलाचुलीको चपेटी क्षेत्रमा रतुवा खोलाले बगाएको थियो ।
बोलेरो सवारमध्ये ३ जना खोलाबाट पौडेर बाहिर निस्केका छन् । चालक भने सम्पर्क विहीन छन् ।
Discussion about this post