Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

इटहरी । आज ग्याल्पो ल्होसार । बिशेषगरी यो पर्व शेर्पा समुदायले धुमधामका साथ मनाउने गर्छन् ।ग्याल्पो ल्होसार प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन पर्ने गर्छ ।
शेर्पा समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्छन् । आज २१५०औँ ग्याल्पो ल्होसारका रुपमा यो पर्व मनाउन लागिएको हो । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको बिश्वास गरिन्छ । सोही बिश्वासलाई आधार मान्दै शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् ।
पछिल्लो समय शेर्पा समुदायले मात्र नभएर अन्य समुदायहरुले पनि यो पर्व मनाउदै रमाइलो गर्न थालेका छन् ।
Discussion about this post