इलाम : महिलाहरूको संस्था मार्फत इलामका पाँच स्थानमा खानेपानी आयोजना सम्पन्न भएको छ । जलवायु परिवर्तनले पानीको मुहान सुकेका र मुहान पहिरोले क्षति पुर्याएका क्षेत्रमा खानेपानी आयोजना निर्माणको काम भइरहेको हो ।
खानेपानी घरको धारामा खस्न थालेपछि स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।
इलाम नगरपालिका १ को नेपालटारमा हिले खोल्सी रसाइली गाउँ, मगर गाउँ खानेपानी आयोजना सम्पन्न भएको छ ।
सहयात्रा नेपाल मार्फत टेवा संस्था र नगरपालिकाको सहयोगमा १६ लाख ५० हजार लागतमा आयोजना सम्पन्न गरेको हो ।
यहाँका ५६ घरधुरी आयोजनाबाट लाभान्वित भएका छन् ।
महिलाहरू संलग्न सहयात्राले एक घर एक धारो कार्यक्रम सञ्चालन गरी मिटर सहित घर घरमा धारा पुर्याएको हो ।
स्थानीय सरकार र महिलाहरू एकजुट भएर खानेपानीका योजना निर्माण गरेको सहयात्राकी अध्यक्ष हेम कुमारी शिवाले बताइन् ।
जलवायु परिवर्तनले विभिन्न स्थानमा पानीको मुहान सुकेकोले त्यस्ता मुहानहरूको संरक्षण र पहिरोले बगाएका मुहानको पनि संरक्षण गरी आयोजना निर्माण गरिएको हो । इलाम नगर पालिकाका अन्य दुई स्थान सहित माइजोगमाई र फाकफोकथुममा समेत खानेपानी आयोजना निर्माण गरिएको छ ।
जलवायु परिवर्तनको असरले महिलाहरू बढी प्रभावित हुने भएकाले खानेपानी आयोजना निर्माण गर्दा उनीहरूलाई फाइदा पुगेको बताइएको छ ।
सो खानेपानीको निर्माणको काम सम्पन्न भए पनि इलाम नगरपालिकाका प्रमुख केदार थापाले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।
उद्घाटन पनि बोल्दै उनले खाने पानीसँगै स्थानीय जनताको सेवामा स्थानीय सरकार लागि परेको बताए ।
चुनाव अघि गरिएका बाचा पुरा गर्दै जनतालाई राहत प्रदान थपिएको इलाम नगरपालिका एकका वडाध्यक्ष गायत्रीराम बस्नेतले बताए ।
आयोजना निर्माणका क्रममा स्पेनकी एक नागरिक स्वयमसेवकका रूपमा यहाँ कार्यरत छन् ।
त्यस्तै इलाम नगरपालिका १२ साङरुम्बाको नर्सिङ गाउँमा समेत टेवा नामक संस्थाको सहयोगमा सहयात्रा र इलाम नगरपालिकाको सहयोगमा खानेपानी आयोजनाको काम सुरु भएको छ । २८ घरधुरी लाभान्वित हुने गरी आयोजनाको काम सुरु भएको हो ।
दोस्रो आम भेलाले काम सुरु गर्ने सहमति गरेको छ । करिब १४ लाख लागतमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष राखिएको छ । काम आगामी भदौ मसान्त भित्रमा सम्पन्न हुने सहयात्रा नेपालकी कोषाध्यक्ष सविता पाण्डेले बताइन् ।
आयोजनाको काम सुरु भएपछि स्थानीय हर्षित भएका छन् ।
Discussion about this post