कालिकोट । नरहरीनाथ गाउँपालिकाका ४७ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहारा बितरण गरिएको छ । केही समय पहिला गाउँपालिकाका वडा नम्बर १ देखी ४ सम्मका ६ महिनादेखी ५९ महिना उमेर समुहका बालबालिकाको कुपोषण अवस्था चेकजाँच गरीएको थियो ।
बालबालिकालाई गरिएको कुपोषण पहिचान शिबिरमा देखा परेका जम्मा४६ जना कुपोषित बालबालिकाका लागी पोषणयुक्त खाद्यवस्तु जस्तै एक क्यारेट अण्डा, पोषणयुक्त लिटो बनाउनको लागी एक बोला मसिना चामल, ५ केजी मास, मसुराको दाल,चना केराउ लगायतका पोषणयुक्त आहारा कुपोषित बालबालिकाका आमाहरुलाई बितरण गरिएको छ ।
एकजनालाई चार हजार छस य ७० गरी जम्मा ४६ जनालाई दुईलाख १९ हजार चारसय ९० रुपैयाँ बरावरको पोषणयुक्त वस्तु वितरण गरिएको शसक्त किर्डाक नेपालद्धारा संचालित शसक्त बालिका परियोजनाका अधिकृत हिमाल आचार्यले बताए ।
कुपोषित बालबालिका फेला पर्नु भन्दा पहिले नरहरीनाथकै वडा नम्बर १ देखी ४ सम्मका २५ माहिला स्वास्थ्य स्वमसेविकालाई २५ वटा जाँच गर्ने टेप,२५ वटा उचाई जाँच गर्ने मेशिन, र २५ वटा तौल जाँच गर्ने मेशिन र स्वास्थ्य संस्थालाई तिनवटा उचाई नाप्नो मेशिन दिने छौ ।
पोषणमैत्री पालिका निर्माणका लागी सरकार संग समन्वय गरेर सान्नि र नरहरीनाथमा एकसय ३१ वटा पोषणमैत्री सत्र संचालन गरिसकेका छौँ । जसले गर्दा गर्भाअवस्था तथा सुनौला हजार दिनका आमाहरुले पोषणको महत्व र हरेक बार खाना चारको ’boutमा जानकारी लिई व्यहारमा लागु गरिएको पाइएको आर्चायले बताए ।
विभिन्न उपकरण नरहरीनाथमा ४ वटा र सान्नित्रिवेणीको लागी ३ वटा स्वास्थ्य संस्थाको लागी प्रसुती गृहको लागी चाहिने उपकरण सहयोग समेत गरेको उनले बताए ।
टोल टोलमा अभिभावक शिक्षा संचालन
यसैगरी सान्नित्रिवेणी अभिभावक शिक्षा समेत संचालन गरिएको छ । आमा समुह र बुवा समुह गरी दुईवटा समुहमा सान्निमा वडा नम्बर १, ४, ५ देखी ८ सम्मका आमा समुहमा प्रारम्भिक बाल बिकासमा आधारित रहेर शारिरिक, सामाजिक, मानशिक, संम्बेगात्मक, भाषिक बिकास र सर्वाङ्गिय बिकासमा रहेर तिनसय एक सत्र संचालन गरिएको छ ।
यस्तै आमा समुहमा मात्र हैन बुवा समुह निर्माण गरेर पनी कक्षा संचालन गरिएको परियोजना संयोजक बलिराज शाहीले बताए । प्रारम्भिक बाल बिकासमा आमा मात्र हैनन् बुवाको पनी भुमिका, सहभागिता बढाउन सान्निमा २६ र नरहरिनाथमा ४१ गरी ६७ सत्र संचालन गरिएको छ । जसले गर्दा बुवाहरु गर्भाअवस्थादेखी बाल बालबा लिकाको उचित स्याहार र संरक्षण, शिक्षा र पोषणमा बढी उन्मुख भएको देखिएको संयोजक शाहीको भनाई छ । यस अघी नरहरीनाथमा गाउँपालिकामा प्रारम्भिक बाल बिकासको एकिकृत तथा योजना मस्यौदा बनाउनको लागी दुई दिने गोष्ठि समेत सम्पन्न गरिएको थियो । साथै नरहरीनाथको आधारभुत अस्पताल र सान्निको मुम्रामा बाल उत्प्रेरण कक्ष समेत निर्माण भइसकेको छ ।
गाउँपालिकाका २१ टोलमा खानेपानी तथा सरसफाई सम्बन्धी कक्षा संचालन
नरहरीनाथ गाउँपालिकाका वडा नम्बर १ देखी ४ सम्मका वडा भित्रमा खानेपानी, सरसफाई तथा स्वछ्छता सम्बन्धी ५ वर्ष मुनीका बालबालिका भएका घरमुलीहरुलाई कक्षा संचालन गरिएका छन ।
खानेपानी तथा सरसफाईका ६ वटा सुचकहरु जस्तै चर्पीको गुणस्थर र प्रयोग, ब्यक्त्तीगत सरसफाई, सुरक्षित हात धुने स्थान, सुरक्षित पानीको प्रयोग, सुरक्षित खानाको प्रयोग र घर तथा आँगनको सरसफाईमा केन्द्रित रहेर कक्षाहरु संचालन गरिएका छन । यो संगै प्रत्येक महिनामा सत्रहरु सकिएपछी टोलको खानेपानी, सरसफाई तथा समन्वय समिती र सहजकर्ताले अनुगमन गर्ने गरेका छन । जसले गर्दा बालबालिकाको लागी सरसफाईको व्यवहार सुधारिदै गएको परियोजना अधिकृत आचार्यले बताए ।
गाउँपालिकाकाको पोषणमैत्री अभियानमा सहयोग र सहकार्य गर्ने विभिन्न संघ संस्था र किर्डाक नेपाललाई नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले धन्यवाद दिए ।
यो अभियानलाई कार्यन्वयन गर्न आउदो गाउँसभाले विषेश ढंगले वजेट व्यवस्थापन गर्ने प्रतिवद्धता समेत जायर गरे ।
Discussion about this post