Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । देशको राजनीतिक माहोल यतिबेला तातिएको छ । पुनः नयाँ समीकरणमा सरकार निर्माण गर्न दलहरु सहमति भएको बताइएको छ ।
नेकपा एमालेबाट अलग हुँदै पुनः पुरानै पाँच दलिय गठबन्धन बनाउने तयारीमा दलहरु लागेका छन् । यता एमाले अध्यक्ष ओली पनि कुनैपनी अवस्थामा अहिलेको गठबन्धनलाई निरन्तरता दिन चाहान्छ्न । त्यसका लागि उनी हरसम्भव प्रयास गरिरहेका छन् । कुनै समय पानी बाराबार जस्तै भएका नेकपा एसका अध्यक्ष माधब कुमार नेपाललाई फकाउन समेत एमाले अध्यक्ष ओली तयार भएका छन् ।
एमाले अध्यक्ष ओलीले प्रचण्डलाई भेट्नुअघि नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेर पार्टी एकता गर्न आग्रह गर्दै त्यसो गरे राष्ट्रपति बनाउने ललिपप देखाएका छन् ।
देश संकटमा जान लागेकाले एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता भए संसदको सबभन्दा ठूलो दल बन्ने र सबै प्राप्त गर्न सकिने ओलीले बताएका थिए ।
एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार अध्यक्ष नेपाल राष्ट्रपति बन्न इच्छुक देखिएका छन् । तर, एमाले अध्यक्ष ओलीसँग एकता गर्न भने चाहादैनन् । अध्यक्ष नेपाल ओलीको प्रस्तावअनुसार एमालेमा पार्टी विलय गरेर नभई कांग्रेसको पनि समर्थन जुटाएर राष्ट्रपति बन्ने चाहना छन ।
एकीकृत समाजवादीको सचिवालय बैठकले पनि राष्ट्रपतिका लागि पहल गर्ने निर्णय गरेको छ ।
लगत्तै अध्यक्ष नेपाल, महासचिव वेदुराम भुसाल र सचिवालय सदस्य घनश्याम भूसाल कांग्रेस सभापति देउवाको निवास धुम्बाराही पुगेका थिए ।
राष्ट्रपतिका लागि नेपाली काङ्ग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला तथा पार्टी शभापती समेत रहेका शेरबहादुर देउवाको नाम चर्चामा छ । यता नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल इच्छुक देखिँदा लोसपा अध्यक्ष महन्त ठाकुर पनि राष्ट्रपति बन्न दौडधुप गरिरहेका छन् ।
Discussion about this post