बेलबारी । मोरङको बेलबारीमा यात्रुबहाक बसले ठक्कर दिँदा बुधबार बिहान एक जना बिद्यार्थीको मृत्यु भएपछि बिहिबार बेलबारी बहुमुखी क्याम्पसले शोक बिदा दिएको छ ।
प्रहरीका अनुसार ना ५ ख ६९४२ नम्बरको बसले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बेलबारी नगरपालिका–१ मा एकैपटक दुईवटा साइकललाई बिहान ६ः३० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको मृत्यु भएको थियो । उनी बेलबारी बहुमुखी क्याम्पसमा अध्ययनरत थिए । उनको मृत्युपछि सहायक क्याम्पसप्रमुख द्रौपदाकुमारी कार्कीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा बिहिबार उनको निधनमा शोक बिदा दिईएको जनाईएको छ ।
बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन् । उनको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार भईरहेको छ ।
Discussion about this post