Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लाइप्जिगले बराबरीमा खेलेका छन् ।
सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सिटीका रियाद महारेजले गोल गर्दा घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काए ।
रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा सिटीले लाइप्जिगलाई लगातार दवावमा राखेपनि गोलको लागि भने निकै संघर्ष गर्नुपरेको थियो । २७औं मिनेटमा अग्रता लिएको सिटीले त्यो अग्रतालाई भने जोगाउन सकेन । रियाद महारेजले इल्केए गुन्डोगानको पासमा गोल गर्न सफल भएका थिए ।
७०औं मिनेटमा जोस्को जिभार्डीओलले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यस बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । अब १४ मार्चमा सिटीको मैदानमा हुने दोस्रो लेगमा सफलता हात पार्ने टोली क्वाटरफाइनल पुग्नेछ
Discussion about this post