इटहरी : प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको हृदयघातबाट निधन भएको छ । हृदयघात भएपछि शुक्रबार बिहानको राति करिब २ः३० बजेतिर उनलाई अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचार सम्भव नभएपछि उनको निधन भएको हो । तामाङको आजै अन्त्येष्टि गरिने आफन्तजनले जनाएका छन् ।
मृतक तामाङ प्याब्सन सुनसरीका अध्यक्षसँगै स्काउटको धरान उपमहानगर संयोजक, धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीका डाइरेक्टर तथा धरान १२ स्थित एम्स एकेडेमीका प्रबन्ध निर्देशक थिए । यसैबीच, तामाङको निधनका कारण शुक्रबार ९आज० सुनसरी जिल्ला भरिका सम्पूर्ण निजी विद्यालयहरूमा शोक बिदा दिइएको छ ।
Discussion about this post