काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।
गत जेठ २ गते उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको सयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ आज (शुक्रबार) सार्वजनिक गरेको हो । सन्दीपलाई यसअघि नै उच्च अदालतले बलात्कार मुद्दामा सफाइ दिइसकेको छ ।
फैसलाको पूर्णपाठमा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको भन्ने नदेखिको तथ्यलाई बोजनी होटल नगरकोटका सुपरभाइजर समीर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापामगर, होटल इनका वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त हचोटलमाा जान पीडिको सहमति रहेको पुष्टि भएको उल्लेख छ ।
उमेर पुगेका व्यक्तिहरूबीच जबरजस्ती करणीको १ नं. विपरीत नभइ सहमतिमा भएको करणीलाई जबरजस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको पनि इजलासको ठहर छ ।
पीडितले प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भने पनि निज वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख छ ।
Discussion about this post