Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

वराहक्षेत्र। सुनसरीको बराहक्षेत्रमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ) दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
वराहक्षेत्र नगरपालिका वडा नं नम्बर २ स्थित सिसौली तारघाटको सप्तकोसी नदिमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ ) दौड प्रतियोगिता हुने भएको हो ।
नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति सुनसरीकोको आयोजनामा हुन लागेको प्रतियोगिता
फागुन १५ गते सोमबार हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता बारे सोमबार प्रतियोगिता हुने स्थानमा पत्रकार भेटघाट आयोजना गरेर जानकारी दिएको थियो ।
१७ औं कोसी पुजा ( लदिपुजा ) अवसर प्रहिलो पटक कोसिमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको माझी उत्थान संघ सुनसरीका अध्यक्ष घनश्याम माझीले जानकारी दिए ।
आफ्नो जातीय संस्कृती साथै माझीहरुको प्राचीन पेशा ढुङ्गा नाउ लाई संरक्षण गर्न सचेत गराउने उदेश्यका साथ ढुङ्गा (नाउ) प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष माझीले जानकारी दिए ।
वराहक्षेत्र नगर खेलुकद विकास समितिसँगको सहकार्यमा हुने प्रतियोगिताको बिजेताले नगद १५ हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १० हजार तथ तृतीय हुनेले ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।
Discussion about this post