मोरङ । मोरङको जहदा गाउँपालिका ५ मा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवानन्द महतोको १५ वर्षीय छोरा भरत महत्तो रहेका छन् । हिजो साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लगिएकोमा अस्पताल पुर्याउना साथ मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।
Discussion about this post