काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।
बुधवार प्रधानमन्त्री कार्यालयमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संयोजक गृहमन्त्री रमेश लेखकले प्रतिवेदन बुझाएका हुन् ।
गृहमन्त्री लेखक संयोजक रहेको कार्यदलमा एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य रहेका थिए ।
सहमतिअनुसार पीडकमाथि २५ प्रतिशत मात्र सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने भएको छ ।
Discussion about this post