इलाम / यस वर्षको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ पत्रकार सुजता सुनुवारलाई वितरण गरिने भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५ औँ स्थापना दिवसको अवसरमा साउन २७ गते उनलाई पुरस्कार वितरण गरिने भएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) इलामले स्थापना सो पुरस्कार स्थापना गरेको हो ।
पुरस्कार राशि नगद रु १० हजार रहेको छ ।
सुनुवार विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छिन् । हाल उनी उज्यालो रेडियो नेटवर्क काठमाडौँमा कार्यरत छिन् ।
Discussion about this post