इटहरी : राष्ट्रिय लायन्स दिवसको अवसरमा इटहरीको मनमोहन आधारभूत विद्यालयमा स्टेसनरी सामाग्री वितरण गरिएको छ ।
इटहरी १० मा रहेको मनमोहन आधारभुत विद्यालयमा इटहरीका ५ वटा लायन्स र लियो क्लबहरूले विद्यार्थीहरूलाई स्टेसनरी वितरण गरेका हुन् ।
लायन्स क्लब अफ इटहरी ग्रिन सिटी,लायन्स क्लब अफ इटहरी पचरुखी ,लायन्स क्लब अफ इटहरी कर्पोरेट , लायन्स क्लब अफ इटहरी पूर्वाञ्चल र लियो क्लब अफ इटहरी ग्रिनसिटिको संयुक्त आयोजनामा विद्यार्थिहरुलाई स्टेसनरी सामाग्रीहरू वितरण गरिएको लायन्स क्लब अफ इटहरी ग्रिन सिटीका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।
विद्यालयका ३०० जना विद्यार्थिहरुलाई १६ सय थान कापी वितरण गरिएको उनले बताए । यसका साथै,कलम , पेन्सिल , इरेजर, बल समेत वितरण गरिएको अध्यक्ष सुवेदीले बताए ।
सो अवसरमा लायन्स क्लब अफ इटहरी ग्रिनसीटिका अध्यक्ष सुवेदी र युनिफर्म हाउस इटहरीले २ जना गरिब र जेहेन्दार विद्यार्थिहरुलाई निशुल्क रूपमा अध्ययन गराउने घोषणा गरेको समेत उनले बताए ।
राष्ट्रिय लायन्स दिवसको अवसरमा शुक्रवार बेलुका इटहरी चौकमा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष सुवेदीले बताए ।
कार्यक्रममा लायन्स क्लब ३२५ सी डिष्ट्रिकका गर्भनर विकास अधिकारीको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको छ । सो क्रममा गभर्नर अधिकारीले लायन्सले सदैव समाजप्रति उत्तरदायित्व निभाइरहेको बताए ।
Discussion about this post