इलाम / जिल्ला अस्पताल इलाममा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।
३० औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा इलाम अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको हो ।
धार्मिक सहिष्णुता, सामाजिक तथा जातीय सद्भाव कायम गर्ने गराउने उद्देश्यका संस्था स्थापना भएको जनाइएको छ ।
नेपाल आदिवासी जनजाति महाँसंघ जिल्ला समन्वय परिषद् इलामले अस्पतालमा रहेका ४० बिरामीलाई फलफूल वितरण गरेको नेपाल आदिवासी जनजाति महाँसंघ इलामका सचिव याम राईले जानकारी दिए ।
आज विश्व आदिवासी दिवस हो ।
आज इलाम सहित देश विदेहमा रहेका आदिवासी जनजातिहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् ।
Discussion about this post