इलाम / लागु औषध सहित दुई जनालाई पक्राउ गरिएको छ ।
सूर्योदय नगरपालिका–९ की २१ बर्सिया आनिशा राईलाई र माईजोगमाई गाउँपालिका–२ का २५ वर्षीय समीर महतलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको हो ।
पक्राउ गरेका राईको साथबाट ५ सय ७० मिलिग्राम ब्राउन सुगर फेला परेको छ
छ ।
महतको साथबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जनाइएको छ ।
उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Discussion about this post