विराटनगर । रोटरी क्लव विराटनगरको ४८ औं पदस्थापन कार्यक्रम भएको छ । विराटनगरमा शनिबार साँझ पदस्थापन कार्यक्रम भएको हो ।
सन् २०२४–२०२५ को लागि रोटरी क्लव विराटनगरको अध्यक्षमा युवा उद्योगी मनोजविक्रम शाह चयन भएका छन् । रोटरी क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । शाह लामो समयदेखि क्लवमा आवद्ध रहँदै आएका छन् ।
अध्यक्ष शाहले आफ्नो कार्यकालमा विभिन्न सामाजिक काम गर्दै अगाडि बढ्ने बताए । क्लबले शिक्षा र स्वास्थ्यसहित दैवीप्रकोप र आपतकालीन सेवातर्फ काम गर्ने अध्यक्ष शाहको भनाइ छ । आउँदो एक वर्षमा क्लबले अल्पकालीन र दीर्घकालीन खाले योजना संचालन गर्ने जानकारी उनले दिए ।
क्लबको निवर्तमान अध्यक्षमा कमल बस्नेत, प्रेसिडेन्ट नोमिनेटमा टीपी आचार्य, उपसभापतिमा शिवप्रसाद अधिकारी, सचिवमा दिनेश गड्तौला, सह–सचिवमा सरिता अग्रवाल र कोषाध्यक्षमा ज्योति गुप्ता छन् ।
रोटरी क्लबका अध्यक्ष शाह विराटनगरको सामाजिक क्षेत्रमा सक्रिय युवा उद्यमी हुन् । स्कुल व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका उनी आफैँ पढेको जनता नमूना स्कुलको सुधारमा खटिएका छन् । उनी खेलकुद, आर्थिक क्षेत्रमा पनि सक्रिय छन् ।
‘रोटरी क्लब विराटनगरको इतिहास हो । यो संस्था मार्फत मैले गर्नुपर्ने सामाजिक काममा निरन्तर रुपमा सक्रिय भएर लागि पर्ने छु,’ उनले भने ।
Discussion about this post