काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) राष्ट्रिय सभामा टेबल भएको छ ।
बिहीबार बसेको बैठकमा प्रतिनिधि सभाले पारित गरेको उक्त विधेयक राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाटप्राप्त सन्देश सहित सभासमक्ष टेबल गरेका हुन् ।
राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।
Discussion about this post