इलाम । बिर्को लगाएको चिनिमा कसरी पस्यो कमिला ? गित मात्र हैन । यसको उत्तर पाउन पनि मुस्किल होला । कारागारमा कैदीलाई किन राखिन्छ । उत्तर सुधार्न भन्ने आउँछ । तर त्यहि कारागारमा राखिएका कैदीबन्दीहरु तास खेल्दै मदिरामा लठ्ठछन् भन्दा पत्याउन निकै गारो हुन्छ । हो इलाम कारागारभित्र रहेका कैदीहरु मदिरामा मस्त भएर जुवा खेलिरहेको भिडियो सावैर्जनिक भएको छ ।
इलाम कारागार नेपालकै पहिलो नमुना कारागारको रुपमा चिनिन्छ । भौतिक संरचना मात्र हैन त्यहाँ रहेको हरेक क्रियाकलापले यसलाइै नेपालको नमुना कारागारका रुपमा सरकारले अघि सारेको थियो । तर पछिल्लो समय यहि कारागारमा रक्सी, चुरोट खाँदै मज्जाले तास खेल्न पाइन्छ ।
कुनै समयमा यस कारागारलाई सुधार गृहको रुपमा हेर्ने गरिन्थ्यो । कारागारहरूमा क्षमता भन्दा बढी कैदी राख्ने देखि खानेपानी, शौचालय, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतामा देशभरका जेलहरूको अवस्था नाजुक रहेको गुनासो आइरहँदा इलाम कारागारका कैदीहरू भने इलाम कारागारलाई सुधार गृहको रुपमा रहेको बताउथ्ये ।
थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्नका लागि कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा थुनामा कैदीबिन्दीलाई कारागारमा राखिन्छ । कारागार भित्र कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवा तास तथा मोबाइल फोन समेत प्रयोग गर्न पाइँदैन । तर इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवा तास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको पाइएको छ । इलाम कारागार भित्र कैदीबिन्दीले मदिराको प्रयोग र तासको अखडा बनाइरहेका छन । कारागार भित्र निषेधित वस्तु प्रवेश गर्नुमा कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको सेटिङ बिना प्रवेशै गर्न सक्दैन ।
जिल्ला कारागार इलामका जेलर सुमित मगरले उक्त भिडियो कारागार भित्रकै रहेको स्विकारेका छन । उनले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केहि कैदिबन्दी अहिले पनि यही रहेको र केहि छुटेर तथा सरुवा भएर गइसकेको बताए । इलाम कारागारको क्षमता १ सय २५ जना क्षमताको भए पनि हाल दुई सय ८० जना रहेका छन ।
Discussion about this post