इलाम । इलामको रोङ गाउँपालिका–३ स्थित पाथिभरा मन्दिरमा १३ दिनमा भक्तजनहरुले ९ लाख दान गरेका छन् । यस अवधिमा करिब ९ लाख रुपैया बराबरको नगद तथा जिन्सी संकलन भएको हो । मन्दिरको स्वामित्व गाउँपालिकाले लिएपछि फागुन १ देखि १३ गतेसम्म ८ लाख ८९ हजार ५ सय १३ रुपैया बराबरको नगद र जिन्सी संकलन भएको पाथिभरा संरक्षण तथा व्यवस्थापन समितिका सचिव एगा अर्यालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
मन्दिरमा एक हजार तीन सय वटा रसिदबाट ५ लाख ४३ हजार ६ सय ९४ रुपैया संकलन भएको छ । जिन्सी दुई वटा रसिदबाट २ लाख बराबरको सुनचाँदी प्राप्त भएको अनुमान गरिएको छ । शिला संकलन १३ वटा रसदिबाट १ लाख ४५ हजार ८१९ रुपैयाँ बराबर रहेको जनाइएको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले यहि महिनाबाट यस मन्दिरलाई गाउँपालिकाको समित्वमा ल्याएका थिए । दिलीप राईको अध्यक्षतामा समिति गठन गरी व्यवस्थापनको जिम्मासमेत लगाएको छ ।
छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब गाउँपालिकामा रहने गरी ल्याउन लामो समयदेखि पहल भइरहेको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँसभाबाट गत माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको हो ।
दिलिप राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको छ । बर्सेनि पाँच लाख भक्तजन भित्रियाएर एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य गाउँपालिकाको छ ।
Discussion about this post