Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनल मेस्सी २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।
अर्जेन्टिनी स्टार मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कतारमा विश्वकपको उपाधि दिलाएका थिए । मेस्सीले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।
दोस्रो पटक अवार्ड जितेका मेस्सीले भने, ‘यो अचम्मको कुरा हो । यो एक ठूलो वर्ष हो र यहाँ आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो । मेरा साथीहरू बिना म यहाँ हुने थिइन । मैले लामो समयदेखि आशा गरेको सपना पूरा गरे । धेरै कम मानिसहरूले त्यो पूरा गर्न सक्छन् र म त्यसो गर्न भाग्यशाली छ ।’
पेरिसमा भएको समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक घोषित भए । स्कालोनीले म्यानचेस्टर सिटीलाई छैटौं प्रिमियर लिग उपाधि जिताउने पेप ग्वार्डिओला र रियल म्याड्रिडका च्याम्पियन्स लिग विजेता प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पारे ।
बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । गत वर्ष घरेलु मैदानमा लियोनेसलाई युरोपियन च्याम्पियनसिपको महिमामा पु¥याएपछि इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् ।
एस्टन भिल्ला र अर्जेन्टिनाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए । महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्सले अवार्ड जिते । ३० वर्षीय मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको शुटआउट जितसहित चार पेनाल्टी बचाएर आफ्नो देशलाई विश्वकप जिताउन मद्दत गरेका थिए ।
पोल्याण्डका वार्टा पोजनानका एम्पुटी फुटबलर मार्सिन ओलेक्सीले वर्षको उत्कृष्ट गोलको लागि फिफा पुस्कास अवार्ड जितेका छन् । उनले बैसाखीको सहारामा जालको पछाडि उड्दै स्टाल रजेजो विरुद्ध उत्कृष्ट ओभरहेड भली गाेल गरेका थिए ।
Discussion about this post