काठमाडौँ । नेपाली सङ्गीत उद्योग सङ्घमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छापा मारेको छ।
बुधवार अनामनगर पुगेर प्रहरी टोलीले सङ्घको कार्यालयमा छापा मारेको हो । उक्त प्रहरीको टोलीले सङ्घको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।
नक्कली कलाकार र गायकको कागजात बनाएर अस्ट्रेलिया पठाउने समाचार आएपछि छापा मारेको ब्युरोले जनाएको छ ।
कार्यालयबाट कागत बरामद गरे पनि प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन।
Discussion about this post