काठमाडौँ । तनहुँमा शुक्रबार आज बिहान भएको बस दुर्घटना हुँदा ११ जना बेपत्ता भएका छन् ।
भारतीय नम्बर प्लेटको बस सडकमा मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।
घटनामा १४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए।
तनहुँको तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको हो ।
शुक्रबार (आज) बिहान ११:३० बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। यो पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पर्छ।
Discussion about this post