इलाम / स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलाम नगरपालिका पहिलो भएको छ । आर्थिक वर्ष २०७९/८० को सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइट अनुसार इलाम नगरपालिका पहिलो भएको हो ।
कुल १ पूर्णाङ्कमा ८९.५० अङ्क ल्याउँदै इलाम नगरपालिका जिल्लाको प्रथम भएको हो । ८८.२५ अङ्कका साथ सूर्योदय नगरपालिका दोश्रो र ७८.२५ अं कका साथ सन्दकपुर गाउँपालिका तेस्रो भएको वेबसाइटमा उल्लेख छ ।
७१.७५ अङ्कको साथ चुलाचुली गाउँपालिका र फाकफोकथुम गाउँपालिका चौथो भएका छन् । ६८.५० अङ्कको साथ रोङ गाउँपालिका छैटौँ भएको छ । ६७.२५ अङ्कको साथ देउमाई नगरपालिका सातौँ भएको छ भने र ६४ अङ्कको साथ माईजोगमाई गाउँपालिका र माङसेबुङ गाउँपालिका आठौँ भएका छन् । ६१ अङ्कका साथ माई नगरपालिका अन्तिम स्थानमा रहेको वेबसाइटमा उल्लेख गरिएको छ ।
मन्त्रालयले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरूको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न स्वमूल्याङ्कन गराउँदै आएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको जनाइएको छ ।
र यो प्रतिवेदन समेत हेर्नुहोस –
Discussion about this post