विराटनगर / सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लील गतिविधिहरू बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रिपरिषद्मा पठाएसँगै मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । देशभर प्रतिबन्धित भएको टिकटक सहज रूपमा चल्न थालेको छ ।
गत वर्षको कात्तिक २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
टिकटकमाथिको प्रतिबन्ध फुकुवालाई केहीले भूराजनीतिक प्रभावका रुपमासमेत व्याख्या गरिरहेका छन् । तर प्रयोगकर्ताहरूले यसका सकारात्मक पाटो समेत भएको भन्दै टिकटक विकृति नआएको र केही युजरहरुका कारण बदनाम भएको बताएका छन् ।
अश्लील र नकारात्मक सामाग्री पोस्ट गर्नेहरूको निगरानीका साथ टिक चल्दा समस्या नहुने नेपाली युजरहरूको भनाई रहेको छ ।
Discussion about this post