धरान : धरान उपमहानगरपालिका वडा नं. ३ मा खुकुरी प्रहारबाट छोरीको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् ।
यहाँस्थित श्रीपथ निवासी ३७ वर्षीया सृजना शाही (राई) र १४ वर्षीया युजिन शाहीमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट युजिनको मृत्यु भएको छ । युजिन र सृजना आमाछोरी हुन् । गम्भीर घाइते भएकी उनको वीपी प्रतिष्ठानमा मृत्यु भएको हो ।
सृजनाको भने सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उनीहरूमाथि स्थानीय ३३ वर्षीय बबिन बरालले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । बराल सृजनाको ज्वाइँ (बहिनीको श्रीमान) हुन् । बराललाई प्रहरीले पक्राउ गरि घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post