विराटनगर । विराटनगरकी एक जनाको महिलाको विषालु सर्पले डसेर मृत्यु भएको छ । घटना मंगलबार (आज) बिहानको हो ।
विराटनगर महानगरपालिका–१८ भेडियारीकी २७ वर्षीया रुपादेवी मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
आँगनमा फुल टिप्दै गर्दा बिहान ४ बजेतिर सर्पले रुपादेवीलाई डसेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन् ।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी बस्नेतले दिए ।
रुपादेवीलाई कुन प्रजातिको सर्पले टोकेको हो भनेर यकिन हुन हुन सकेको छैन । उपचारमा संलग्न चिकित्सकले सर्पले टोकेर मृत्यु भएको बताएका छन् ।
Discussion about this post