इटहरी : पहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का राटोपाटी लम्बु खोलामा ग्याँस बोकेको ट्रकले किचेर बुधबार राति सहचालकको मृत्यु भएको छ ।
प्रिमा ग्यास लोड गरिएको को १ क १६८१ नम्बरको ट्रकले किचेर राति ९ः४५ बजेतिर इटहरीको पकली घर भएका अन्दाजी ४५ वर्षीय रमानन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडी रोक्ने क्रममा अचानक ‘ब्रेक फेल’ भएको ट्रकको पछाडिको चक्काले उनलाई किचेको थियो । चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक र चालक सुनसरीको रामधुरी नगरपालिका ४ का ४४ वर्षीय तेजबहादुर राईलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Discussion about this post