काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएका छन् ।
बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सञ्चार मन्त्रालयले डीसीसँगै दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस गरेको थियो । दिनेश एमाले निकट हुन् ।
यसअघि साउन ९ गते भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।
Discussion about this post