जनकपुरधाम : धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ ।
क्षिरेश्वरनाथ नगरपालिकाको सखुवामा रहेको निगमको डिपोमा ज्यालादारीमा काम गर्ने कर्मचारीको हत्या भएको हो ।
सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको प्रहरीले जनाएको छ ।
शुक्रबार (आज) बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा विवादको क्रममा उनको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले प्रकाश यादवलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post