विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकबाट उद्धार गरिएका वृद्ध पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ ।
बिरामी परेर थलिएका अन्दाजी ७० वर्षीय पुरुष बेवारिसे अवस्थामा फेला परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय नेमुवाका सइ प्रवीण खड्का नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल ल्याएको थियो ।
मृतक वृद्धको पहिचान खुल्न बाँकी छ । वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी केही समयदेखि बूढीगंगा क्षेत्रमा मागी खाने गर्थे । शवलाई विराट शिक्षणमै राखिएको छ ।
Discussion about this post