अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा कार्यरत देवराज वनउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र बुधबार विशेष अदालतमा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
वनले २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा नियुक्ति भई २०७५ साल साउन १ गतेदेखि सेवाको निरन्तरता हुने गरी टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा समायोजन नियुक्ति हुन नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अभियोगपत्रमा उल्लेख छ ।
उनले भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एसएलसीको झुट्टा प्रमाण-पत्र पेशगरी सरकारी सेवामा हालसम्म कार्यरत रहेको पुष्टि हुन आएको प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीवरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
Discussion about this post