इलाम : नेपाल महिला सङ्घ जिल्ला कार्यसमिति इलामले दुई जना महिलालाई सम्मान गरेको छ ।
हरितालिका तिजको अवसरमा आयोजित दर खाने कार्यक्रममा सूर्योदय ११ की सरस्वती अधिकारी र माई नगरपालिकाकी सरस्वती तुम्बाम्फोलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
उनीहरूलाई नेपाली काँग्रेस इलामका सभापति डम्बर बहादुर खड्का, नेपाल महिला सङ्घ जिल्ला कार्यसमिति इलामकी अध्यक्ष भगवती पराजुली कोइराला, निवर्तमान अध्यक्ष निर्मला सन्जेल लगायतले संयुक्त रूपमा सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै पार्टी सभापति जिल्ला सभापति तथा कार्यक्रमका प्रमुख अतिथि खड्काले हरितालिका तिजको शुभकामना दिँदै महिलाहरूलाई सबैले सम्मान गर्नुपर्ने बताए । महिला समृद्ध भए मात्र घर र समाज सुदृढ हुने उनको भनाई छ ।
कार्यक्रममा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा महिलाहरूले छम छम नाचेर रमाइलो गरेका थिए ।
नेपाल महिला सङ्घ इलामकी अध्यक्ष भगवती पराजुली कोइरालाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद तथा आभार प्रकट गरिन ।
सम्मानित सरस्वती तुम्बाहाम्फे यो सम्मानले तमाम महिलाहरूमा ऊर्जा मिलेको बताइन् । निवर्तमान जिल्ला अध्यक्ष निर्मला सन्जेलले कार्यक्रम आयोजकलाई धन्यवाद सहित तिजको अवसरमा महिलाहरू एकजुट हुन पाएकोमा खुसी व्यक्त गरिन् ।
महिला सङ्घ इलामकी उपाध्यक्ष आशा तामाङले स्वागत मन्तव्य राखेको सो कार्यक्रम सचिव कमला बरालले सञ्चालन गरेकी थिइन ।
कार्यक्रममा इलाम क्षेत्र नं १ की अध्यक्ष रामु प्रधान र क्षेत्र न २ की अध्यक्ष पदमा कुरुङ्बाङ सहित नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि लगायत चार सय बढीको उपस्थिति रहेको थियो ।
Discussion about this post