इटहरी । जीवन विज्ञान प्रतिष्ठानले भोलिदेखी इटहरीमा पूर्वाञ्चल जागरण उत्सव गर्ने भएको छ । जागरण उत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको आयोजक समितिकी कोशी प्रदेश अध्यक्ष बालिका भट्टराईले बताइन ।
जीवन विज्ञान प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति एवम् समृद्दिले भरिएको समाज निर्माण तथा आध्यात्मिक उन्नयनका लागि काम गर्ने प्रतिष्ठान हो ।
तनाब, चिन्ता, निरासा र अस्तव्यस्तलाई व्यवस्थापन गर्दै आएको प्रतिष्ठानको जागरण उत्सवमा ५५ देशका प्रतिनिधीसहित नेपालभरका प्रतिष्ठानमा सहभागी आउने बिहिबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले दाबि गरेकी छिन ।
Discussion about this post