इटहरी : भोलिशुक्रवार इटहरी उपमहानगरपालिकाले हरितालिका तिजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै इटहरी उपमहानगरपालिकाले बिदा दिएको हो ।
सो अवसरमा इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रहेका वडा कार्यालय, इटहरी अस्पताल, स्वास्थ्य संस्था र नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा समेत एक दिन बिदा दिइएको इटहरी उपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
बिदाको दिन इटहरी उपमहानगरपालिकाको अत्यावश्यक सेवा र इटहरी अस्पतालको इमरजेन्सी सेवा भने सञ्चालन हुनेछन् ।
पढ्नुहोस् सूचना
Discussion about this post