Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंला अन्तर्गत नेपालले आज तेस्रो खेल खेल्दै छ । आज नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउसो पौने १२ बजेबाट खेल सुरु हुनेछ ।
बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा हुने छ ।
लिग टुको शीर्ष ३ मा रहँदा विश्वकप छनोटमा पुग्न नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण छ । यदि नेपाल आजको खेलमा पराजित भए शीर्ष तीनको सम्भावना समाप्त हुने छ ।
लिग टुमा सबै ३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित तेस्रोमा छ । ३० खेलबाट २८ अंकसहित नेपाल छैटौं स्थानमा छ । नेपालले पाँचौ स्थानमा रहेर ओडिआई मान्यता जोगाउन पनि अब बाँकी रहेको ६ मध्ये ४ खेल जित्नुपर्नेछ ।
Discussion about this post