काठमाडौँ : सिजी ग्रुपले दसैँ तिहारको अवसर पारेर सामान खरिदमा डब्बल स्किम सार्वजनिक गरेको छ ।
‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको हो । सिजीका प्रत्येक सामानहरूको खरिदमा आकर्षक क्यास ब्याक र पक्का उपहारहरू प्राप्त गर्न सकिनेगरी स्किम सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
योजना अन्तर्गत, सिजी मेरिडियाका सामानहरूको खरिदमा ६० हजार पाँच सय सम्मको क्यास ब्याकदेखि ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ ।
यसैगरी ६५ र ७५ इन्चको टिभी, क्यूलेड ५५ इन्चभन्दा माथिको खरिदमा २.१ स्पिकर निःशुल्क उपलब्ध हुनेछ ।
यसैगरी रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान निःशुल्क, रेफ्रिजरेटर (मल्टी डोर)को खरिदमा मरिडिया भ्याकुम निःशुल्क, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट निःशुल्क उपलब्ध हुनेछ ।
यस्तै, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा एरियल (६ किलो) निःशुल्क, सेमी र टप लोड वासिङ मेसिनको खरिदमा एरियल (३ किलो) निःशुल्क, डिशवाशरको खरिदमा डिशवाशर किट निःशुल्क उपलब्ध हुनेछ ।
चाडपर्व अफरमा ग्राहकहरूले सिजी टिभी ३२ इन्चदेखि ५५ इन्चसम्म खरिद गर्दा आकर्षक क्यास ब्याक प्राप्त गर्न सक्ने बताइएको छ ।
त्यस्तै, यो योजना अन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
आफ्ना ग्राहकहरूलाई मध्यनजर गरी सिजीले सिजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरू मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ ।
Discussion about this post