झापा । नेकपा एमाले झापाकी उपसचिव चन्द्रकला श्रेष्ठसहित चार जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । श्रेष्ठ भद्रपुर नगरपालिकाकी पूर्व उपमेयर हुन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै श्रेष्ठसहित बाह्रदशीका प्रदेश सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, हलोदिन मिया र रहिम मियाले एमाले परित्याग गरेको जनाएका छन् ।
पार्टीमा व्यक्तिवाद हाबी भएको, झापा ३ मा राप्रपालाई जिम्मा लगाएर एमाले कार्यकर्तामाथि दमन गरिएको तथा आफू उपसचिव भए पनि पदाधिकारी बैठकमा समेत नबोलाइएको श्रेष्ठले बताएकी छन् ।
एमाले परित्याग गरे पनि तत्काल कुनै पार्टीमा प्रवेश नगर्ने समेत उनीहरुले विज्ञप्तिमा जनाएका छन् ।
जारी विज्ञप्तिमा असन्तुष्टिका १८ बुँदा समेटिएका छन् । पार्टीभित्र गु्टको कार्यदलको सिफारिको आधारमा नेकपा एमाले पार्टी जिल्ला कमिटीको अध्यक्षले हचुवाको भरमा हस्ताक्षर गरी निर्णयमा पुग्नु कतिको विधान सम्मत र न्याय संगत हो भनेर उनीहरुले प्रश्न उठाएका छन् ।
पार्टीमा स्वेच्छाचारिता एवम् चरम गुटबन्धी हावी भएको, विधि विधान र पद्धतिभन्दा पार्टी बाहिर गएर सञ्चालन भएको भन्दै आफूहरुले पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख छ ।
Discussion about this post