बिराटनगर : पछिल्लो समय देश र धर्म दुवै संकटमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
विराटनगरमा सोमबार आयोजित ज्येष्ठ सदस्य सम्मान ता पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले विभिन्न कारण देश र धर्म संकटमा रहेको हुदाँ जोगाउनुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘अहिले विभिन्न राजनीतिक घटनाक्रमले देश र धर्म दुवै संकटमा रहेको छ । देशको अस्तित्वपनि खतरामा रहेको छ। हामी यसलाई जोगाउने एकमात्र पार्टी हौं ।’
माओवादी, एमाले, काँग्रेस लगायतका पार्टीले हाम्रो राष्ट्रियता सार्वभोम खतरामा रहेको कुरा विर्सिएको अध्यक्ष लिङ्देनले जानकारी दिए । उनले भने, ‘हाम्रो देशको अस्तित्व खतरामा छ । हाम्रो अस्तित्व खतरामा छ। त्यसलाई जोगाउनपर्नेछ । देश जोगाँउदै बनाउनुपर्नेछ । अहिलेको ब्यवस्था, अहिलेकै नेतृत्वबाट अब देश बन्दैन ।’
एमाले काँग्रेसको दुईतिहाइको सरकार कुहिरोमा हराएको काग झै भएको बताएका अध्यक्ष लिङ्देनले संविधानलाई त्रुटि नै त्रुटिको बण्डल भएको उल्लेख गरे । उनले भने, ‘अहिले दुई दलले आफ्नो अर्कमण्डयतालाई ढाकछोप गर्नका लागि गठबन्धन गरेका हुन् ।
अहिले संविधान संशोधनको कुरा गरेकाछन् । संविधानलाई त हामीले बारम्बार भनेका छौ, संविधान यो त्रुटि नै त्रुटिको बण्डल हो । यिनीहरुले यो पनि जोड्ने त्योपनि जोड्ने भनेर दशतिरका कुरा बोकेर जोड्ने हुदाँ यो संविधानलाई कुरुप अवस्थामा पुराए । आज यो संविधान समेत देशको समस्या भएको छ ।’
उनले भने, ‘देशमा अभिभावकीय संस्थाको रुपमा राजा ल्याउने ब्यवस्था हुनुपर्यो र जनताले प्रत्यक्ष निर्वाचित हुने कार्यकारी प्रधानमन्त्री बनाउने ब्यवस्था हुनुपर्छ ।’
Discussion about this post