इलाम । स्ववियू निर्वाचनका लागि इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सातवटा विद्यार्थी संगठन दर्ता भएका छन् । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि ७ वटा पार्टीसँग आवद्ध विद्यार्थी संगठनहरुले निर्वाचनका लागि दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेकपा एमालेनिकट अनेरास्ववीयु, नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववीयू, नकेपा माओवादी निकट अखिल क्रान्तिकारी दर्ता भएका हुन् ।
त्यस्तै विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववीयू क्रान्तिकारी, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राजतन्त्र समर्थक पार्टी राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले क्याम्पसमा पुगेर संगठन दर्ता गराएका हुन् ।
यस क्याम्पसमा करिब तीन हजार विद्यार्थी अध्ययनरत छन् । यस क्याम्पस इलाम पूर्वी पहाडी जिल्लाको एकमात्र आंगिक क्याम्पसका रुपमा परिचित छ । वि.स. २०१७ असार २१ गते महेन्द्ररत्न महाविद्यालय स्थापना भई प्रवीणता प्रमाणपत्र तहको पठन–पाठन सुरु भएको थियो ।
महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पाँच वटा विषयमा स्नातकोत्तर तह, मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र वि.एस्सी वागवानी संकायमा स्नातक तहको पठनपाठन भइरहेको छ । हाल सवै संकाय र तहमा २ हजार ८ सय विद्यार्थी उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।
Discussion about this post