काठमाडौँ : राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।
विधायन व्यवस्थापन समितिको सभापति पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । सांसद डा. बेदुराम भुसालको प्रस्तावमा सांसद जयन्तीदेवी राईको उम्मेदवारी परेको छ । राईको समर्थकमा सांसद सुरेशकुमार आलेमगर छन् ।
विधायन व्यवस्थापन समितिकै सभापति पदमा सांसद तुलसाकुमारी दाहालको पनि उम्मेदवारी दर्ता भएको छ । दाहालको समर्थक र प्रस्तावकमा क्रमशः सांसद आनन्दप्रसाद ढुङ्गाना र सांसद भगवती न्यौपाने छन् ।
समितिको सभापतिमा यसअघि पनि राई नै थिए ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्माको मात्र उम्मेदवारी दर्ता भएको सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए ।
शर्माको प्रस्तावकमा सांसद मदनकुमारी शाह (गरिमा) र समर्थकमा सांसद नरबहादुर विष्ट छन् ।
Discussion about this post